Kathmandu University News

Notice on the Course in Advanced Nepali

editorial | 25 March, 2018 18:48

नेपाली विषयको कक्षासम्बन्धी सूचना

देशमा आगामी दिनहरूमा (क) प्रदेश तथा स्थानीय निकाय-उन्मुख रोजगारीका अवसरहरू खुल्दै जाने, (ख) समुदायकेन्द्रित भई काम गर्न सक्ने बढीभन्दा बढी योग्य र दक्ष जनशक्तिको आवश्यकता पर्ने र (ग) लोकसेवा आयोग तथा अन्य औपचारिक परीक्षाहरूमा नेपाली भाषा सहजरूपमा लेख्‍न, बोल्न र बुझ्‍न सक्ने प्राविधिक स्‍नातकहरू बढी सफल हुन सक्ने लगायतका तथ्यहरूलाई मध्यनजर गर्दै, काठमाडौँ विश्‍वविद्यालय केन्द्रीय हातामा School of Engineering, School of Science तथा BBIS कार्यक्रममा अध्ययनरत विद्यार्थीहरूका लागि प्रयोजनपरक नेपाली विषयको पठन पाठन शुरू हुने व्यहोरा जानकारी गराइन्छ।

जम्मा क्रेडिट (३२ घण्टा) पाठ्यभार भएको उक्त विषयमा मूलत: निम्‍न लिखित पाठ्यांशहरूको व्यवहारिक शिक्षणमा जोड दिइनेछ:

-        नेपाली व्याकरण तथा अभिव्यक्ति शैली

        नेपाली लेखन तथा सम्पादन

-        प्रस्ताव तथा प्रतिवेदन लेखन

-        मौखिक प्रस्तुतीकरण

-        अनुवाद कला

-        प्रतिनिधि साहित्यिक कृतिहरूको अध्ययन

यस विषयलाई Non-credit Elective Course को रूपमा प्रस्तुत गरिनेछ । पढ्न ईच्छूक विद्यार्थीहरूको संख्या कम्तीमा १५ जना भएपछि कक्षा सञ्‍चालन गरिनेछ ।  सबै तहका विद्यार्थीहरूले यो विषय लिन सक्नेछन् ।

 

सम्पर्क:

ह्युम्यानिटिज एण्ड म्यानेजमेण्ट युनिट

फोन: 2215, 1103, 9801670057

ईमेल: hmu@ku.edu.np

 

 

Normal 0 false false false EN-US X-NONE NE
 
Accessible and Valid XHTML 1.0 Strict and CSS
Powered by LifeType - Design by BalearWeb