Kathmandu University News

Vacancy Announcement for Vehicle Driver

isms | 02 May, 2018 14:45

सवारी चालक आवश्यकता सम्बन्धि सूचना

काठमाडौं विश्वविद्यालयमा सवारी साधनहरु चलाउनका लागि (स्थायी पद नभई अवधिक पदमा करार नियुक्ति गर्न) सवारी चालक आवश्यकता भएकोले तपसिलका योग्यता र शीप भएका सवारी चालकले मिति २०७५।१।२६ गते सम्म आफनो सम्पूर्ण प्रमाणपत्रहरु संलग्न गरी विश्वविद्यालयमा आवेदन दिन हुन यो सूचना प्रकाशित गरिएको छ ।

योग्यता र शीप :

१.     कम्तिमा कक्षा ८ उतिर्ण गरेको ।

२.     साधारण नेपाली अग्रेजी लेखपढ गर्न जानेको ।

३.     बस, माइक्रो बस र साना सवारी चलाउने अनुमति पत्र भएको ।

४.     सवारी साधन मेन्टिनेन्स सम्बन्धि तालिम प्राप्त गरेको प्रमाण पत्र भएको ।

५.     आंखाको पावर सहित निरोगिताको प्रमाणपत्र भएको । 

 

 

प्रा.डा.भोला थापा

रजिष्ट्रार

 

 

 
Accessible and Valid XHTML 1.0 Strict and CSS
Powered by LifeType - Design by BalearWeb