Home > Bidya Nath Koirala Endowment Fund

Bidya Nath Koirala Endowment Fund

कर्मसाधना सम्मान प्रदान गर्ने कार्यविधि
परिचय

प्राध्यापक डा. विद्यानाथ कोइराला र काठमाडौँ विश्वविद्यालयबीच जनवरी १६, २०२३ मा भएको सम्झौता बमोजिम काठमाडौँ विश्वविद्यालयमा “कर्मसाधना सम्मान” स्थापना गर्ने निर्णय भएको हो/ यो सम्मानको लागि प्राध्यापक कोइरालाको तर्फबाट रू तीस लाख प्राप्त भई अक्षयकोष बनाइएको छ/ त्यही अक्षयकोषबाट बर्षेनी प्राप्त हुने ब्याजबाट छनौट भएका महानुभावलाई प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गरिनेछ/ यसरी खर्च गर्दा काठमाडौँ विश्वविद्यालय अक्षयकोष नीति अनुसार ब्याजको ५० प्रतिशत मात्रै उपयोग गरिनेछ/ प्रत्येक वर्ष ३ जनालाई यस्तो सम्मान प्रदान गरिनेछ/ योग्य महानुभावको छनौट गर्दा कम्तिमा एकजना महिला पर्ने गरी गर्नुपर्नेछ/ त्यस्तै देशको भौगोलिक क्षेत्रको समेत प्रतिनिधित्व हुने गरी छनौट प्रक्रिया अगाडि बढाउन प्रयास गर्नुपर्ने छ/

उद्देश्य

रैथाने, क्लासिकल, र पश्चिमा ज्ञान, विज्ञान, र प्रविधिका क्षेत्रमा काम गर्दै यी क्षेत्रको अन्तरसम्बन्ध, जोडाई, र अन्तर्संजालमा अनुसन्धान गरेर, पुस्तक लेखेर, प्रचार प्रसार गरेर, र अभिवृद्धि गरेर, योगदान पु-याएका विद्वान् लाई उत्प्रेरित गर्दै त्यस्तो कर्मलाई बढावा दिनु “कर्मसाधना सम्मान” को मुख्य ध्येय रहेको छ/

 

सम्मानित को को हुन सक्ने?

१.   उल्लेख भएका क्षेत्रमा योगदान पु-याउने जो कोही पनि यो सम्मानको लागि प्रतिस्पर्धी हुन सक्नेछन्/ विद्यार्थी, शिक्षक, अनुसन्धाता, रैथाने सीपमा कार्यरत रही आधुनिक ज्ञान, विज्ञान जोडेर समाजलाई अगाडि बढ्न उत्प्रेरित गर्ने जो कोही यस्तो सम्मान पाउन लायक ठहरिने छन्/ सम्मानको लागि व्यक्ति, समूह वा संस्था कुनै पनि योग्य हुन सक्नेछन /

समग्रमा

  • उद्देश्यमा उल्लेख भएका बुँदामा कर्म साधना गरेको
  • उद्देश्यको बुँदामा उल्लेख भए बमोजिमको योगदान दिएको

 

समाजलाई जानकारी दिने विधि

विस्तृत विवरण सहित काठमाडौँ विश्वविद्यालयको वेव साइट र अन्य प्रकाशन मार्फत प्रचार प्रसार गरेर कर्म साधना सम्मानको बारेमा समाजलाई सुसूचित गरिनेछ/ यसै सूचना मार्फत सम्मानको लागि दुई किसिमले काम गरिनेछ

१.       निवेदन आह्वान गरेर: उद्देश्यमा उल्लेख भए बमोजिमका क्षेत्रमा योगदान गरेका इच्छुक महानुभावलाई निवेदन दिन उत्प्रेरित गरेर

२.       योग्य महानुभाव पहिचान गरेर: समाजमा त्यस्तो योगदान पु-याएका तर निवेदन दिएर सम्मान लिन नचाहने क्षमतावान महानुभावको पहिचान गरेर; यसो गर्दा कुनै संस्था, वा विज्ञ मार्फत जानकारी लिएर गर्न सकिनेछ/

साधना सम्मान पाउने आधार

देहाय बमोजिमको कर्मका आधार तयार गरी सम्मानको लागि तयारी गरिनेछ

  1. रैथाने ज्ञान-विज्ञान बारे जानकारी भएको
  2. आधुनिक ज्ञान-विज्ञान बारे जानकारी भएको
  3. शास्त्रीय (Classical) ज्ञान-विज्ञान बारे जानकारी भएको
  4. रैथाने ज्ञान-विज्ञान, शास्त्रीय र आधुनिक ज्ञान-विज्ञानबीच सह-सम्बन्ध कायम गरेको
  5. रैथाने ज्ञान-विज्ञान, शास्त्रीय र आधुनिक ज्ञान-विज्ञानको सम्मिश्रण गरी प्रयोग गरेको
  6. रैथाने ज्ञान-विज्ञान, शास्त्रीय र आधुनिक ज्ञान-विज्ञानको जोडाई विकास गरेको, डिजाइन गरेको, सिर्जना गरेको, प्रकाशन गरेको,
  7. रैथाने ज्ञान-विज्ञान, शास्त्रीय र आधुनिक ज्ञान-विज्ञानको जोडाइको प्रयोग/परीक्षणबाट भएका कामबाट आफैंमा सकारात्मक योगदान अनुभव गरेको
  8. रैथाने ज्ञान-विज्ञान, शास्त्रीय र आधुनिक ज्ञान-विज्ञानको जोडाइको प्रयोग/परीक्षणबाट भएका कामबाट आफ्ना विद्यार्थी, सहपाठी, परिवार, समाज, संस्थामा आएको सकारात्मक प्रभाव अनुभव गरेको
  9. रैथाने ज्ञान-विज्ञान, शास्त्रीय र आधुनिक ज्ञान-विज्ञानको जोडाइको प्रयोग/परीक्षणबाट भएका कामबाट राष्ट्रिय/अन्तर्राष्ट्रिय प्रभाव देखिएको
  10. रैथाने, शास्त्रीय, र आधुनिक ज्ञान-विज्ञानको क्षेत्रमा अनुसन्धान गर्दै रहेको
  11. रैथाने, शास्त्रीय, र आधुनिक ज्ञान-विज्ञानको प्रचार-प्रसार गरी समाजलाई रैथाने ज्ञानको संरक्षण गर्न उत्प्रेरित गरेको  

साधना सम्मानको लागि छनौट गर्ने प्रत्येक आधारको मूल्यांकन विधि

माथि उल्लेखित ११ वटा आधार प्रत्येकलाई दुई किसिमबाट मूल्यांकन गरिनेछ

१.       एघारवटा मध्ये कुनै एकमा मात्रै पनि योगदान गरेको आधार

२.       एक भन्दा बढीमा योगदान गरेको आधार

यसो गर्दा एक भन्दा बढी क्षेत्रमा योगदान गरेकाको अंक समानुपातिक रूपमा वृद्धि गर्ने नीति लिईनेछ/ अर्थात् प्रत्येक आधारलाई बराबरी अंक प्रदान गरिनेछ र प्रमाणको आधारमा जसको अंक बढी भयो उसैलाई पुरस्कृत गर्ने प्रथा बसालिनेछ/ उदाहरणको लागि प्रत्येक आधारलाई १०० अंक कायम गरी पूर्णांक ११०० बनाइनेछ/

 

प्रत्येक मूल्यांकन विधिको वस्तुगत मूल्यांकन (Rubrics)

आधार

कर्मको विवरण

५ 

उपयोग गरिएको रैथाने ज्ञान-विज्ञान १०

उपयोग गरिएको आधुनिक ज्ञान-विज्ञान

१०

जोडाईको प्रकृति

१५

समाजमा योगदान १०

प्रस्तुति/ अन्तर्वार्ता*

 

५०

जम्मा

१०० 

कैफियत

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

*प्रस्तुति र अन्तर्वार्ताको ढाँचा

प्रस्तुति र लगत्तै अन्तर्वार्ता गर्ने विधि अपनाइनेछ/ छनौट हुन योग्य महानुभावको सूचि तयार गरिनेछ/ प्रत्येक योग्य व्यक्ति, समूह वा संस्थालाई आफ्नो कर्म प्रस्तुतिको लागि २० मिनेट र अन्तर्वार्ताको लागि १० मिनेट को समय प्रदान गरिनेछ/ प्रस्तुति (३०) र अन्तर्वार्ता (२०) गरी ५० अंकमा मूल्यांकन गरिनेछ/

१.       प्रस्तुति/अन्तर्वार्ताको मूल्यांकनका आधार

स्पष्टता

१०

आत्म-विश्वास १०

समाजमा कर्मको प्रभाव

 १०

 सान्दर्भिकताको सुनिश्चितता

२०

 जम्मा

५०

 

छनौटको समय सीमा

२.       वेवसाइटमा वर्षभरि नै निवेदन दिन पाउने वा स्व-उद्घोष गर्न पाउने व्यवस्था गर्ने /

३.       पहिलो वर्ष चैत महिनामा विज्ञापन गरी १५ दिनको समय दिएर आवेदन आह्वान गर्ने/

४.       आवेदनमा प्राप्त सामग्री र प्रमाणको अध्ययन गर्ने १० दिन

५.       प्रस्तुति र अन्तर्वार्ता २ दिन

६.       आवेदन साथ प्राप्त सामग्री र प्रमाणका आधारमा मूल्यांकन गर्ने ३ दिन

७.       काठमाडौँ विश्वविद्यालयलाई योग्य महानुभाव पहिचान गरी सम्मानको लागि सिफारिस गर्ने

सम्मान प्रदान गर्ने स्थल र समय      

प्रत्येक वर्ष काठमाडौँ विश्वविद्यालयको दिक्षान्त समारोहमा प्रमुख अतिथिको हातबाट यो सम्मान प्रदान गरिनेछ ।